चीनबाट आएको बाढीले रसुवामा १८ जना बेपत्ता भएका छन् । भोटेकोशी नदीमा आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने नेपाल– चीन सम्पर्क बिच्छेदसँगै भन्सारको ड्राइपोर्ट क्षेत्रमा क्षति पुगेको छ । जाँचपासका लागि राखिएका करिव ७ वटा गाडी बगाएको अनुमान छ ।
बाढीमा परेर कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् । एक जना प्रहरीले नदीको बीचमा सुरक्षित रहेको बताएका छन् । यो बाहेक नदीबीचमा फसेका ९ जनाको सुरक्षाकर्मीले उद्धार गरेका छन् । यो बाढीले ठूलो क्षति भएकोछ । क्षतिको विवरण संकलन सुरु गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्