चीनको ताल फुटेर आएको बाढीले बेपत्ता भएकाको खोज, उद्धार र भत्केका तथा पुरिएका सडकको मर्मतमा रसुवा र नुवाकोटमा रहेका सेनाका युनिटबाट निरन्तर काम भइरहेको छ । नेपाल– चीन सीमानामा बग्ने लेन्दे खोलामा यही असार २४ गते आएको बाढीले सम्पर्कविहीन रहेका व्यक्तिको खोज, उद्धार तथा अवरुद्ध सडक मर्मतका लागि सेना निरन्तर खटिएको हो ।
रसुवा जिल्लाको लिङलिङ, रुङ्गापुल, सल्लेटार, गुम्चेत तथा टिमुरे इलाकालगायत नुवाकोट, धादिङ र चितवनका धेरै स्थानमा नेपाली सेना निरन्तर खटिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताउनु भयो । टोलीले अहिलेसम्म रसुवाको लिङलिङ र रुङ्गापुल इलाकामा बाटोमा झरेको पहिरो हटाउने तथा वैकल्पिक बाटो तयार गर्ने र नुवाकोटमा त्रिशूली नदीले कटान गरेको स्थानहमा ग्याविन जाली लगाउने काम गरिरहेको छ ।






प्रतिक्रिया दिनुहोस्