यही असार २४ गते चीनमा हिमताल फुटेर लेन्दे र केरुङ खोलाबाट आएको बाढीले रसुवाको रसुवागढी नाका र आसपासको क्षेत्रमा ठूलो मानवीय र भौतिक संरचनामा क्षति भयो । नेपाली सेनाको रसुवामा तैनाथ श्रीनाथ गणका सैनिकहरु खोज र उद्धारमा अझै सक्रिय छन् ।

रसुवाको स्याफ्रुबेंसीदेखि तल्लो क्षेत्र र भैलुङसमेतका स्थानमा खोज, अवरुद्ध भएको सडक, गोरेंटाहरु खोल्न, बैकल्पिक मार्ग प्रयोग गर्दै स्थानीयलाई गन्तब्यतर्फ पठाउन तथा उद्धारमा गणका सैनिक छ दिनदेखि निरन्तर लागिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्