रोजगारीका लागि कुबेत पुगेका नेपाली महिलाहर साउन सुरुसँगै हरियो, चुरा, पोते र हातमा मेहन्दी लगाएर आफ्नो पहिचान राख्न सफल भएका छन् ।
यो साउन महिना प्राकृतिक रूपमै हरियाली महिना हो। त्यसैले होला रोजगारीका लागि यहाँ आएका महिलामा रौनकता देखिन्छ ।

वर्षातको समय भएकोले वरिपरिको मौसम हरियाली भएकोले होला, महिलाहरु पनि सकेसम्म हरियो भेषवुषामा देखिन्छन् । जे होस्, देश छोडे पनि समयअनुसार हिन्दु संस्कार उनीहले अपनाएकै छन् ।

शब्द तथा तस्वीर : हरि रिमाल/ कुवेत
प्रतिक्रिया दिनुहोस्