Advertisement GIF
कल्पवृक्ष
श्रावण १२ सोमबार, ९:४२ पूर्वाह्न
बागमतीको बीच खोलामा फसेका पाँचजनाको सेनाद्वारा उद्धार

सोमबार (आज) बिहान करिव साढे २ बजे राजधानी काठमाडौंको गोकर्णेश्वर– १, सुन्दरीजलमा नुहाउनेक्रममा बागमती नदीको बीचमा फसेका चार जना भारतीय र एक जना नेपाली नागरिकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

‘सुन्दरीमाई मन्दिरनजिक चार भारतीय र एक नेपाली तीर्थयात्री खोलामा नुहाउने क्रममा एकासी खोलाको बहाव बढ्न गएपछि खोलाको बीचमा फसेका उनीहरुको चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको हो ।’ – सैनिक मुख्यालयले जनाएको छ । छ ।