नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीलाई नम्र भषामा पूर्व राष्ट्रपति भन्दै सम्बोधन गरेर उनको पार्टी सदस्यता नवीकरण मिलेन, सदर हुँदैन, भनेको छ । अन्तर पार्टी निर्देशन जारी गर्दै एमालेले भण्डारीलाई राजनीतिमा ल्याएर विवादमा पार्नु नहुने पनि भनेको छ ।
भण्डारी राजनीतिमा सक्रिय भएर फर्कँदा उनले विगतमा गरेका काम पनि विवादमा पर्न सक्ने भएकोले सम्मानित रूपमा नै बस्नु उचित हुने एमालेको ठहर छ । एमालेको यही साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयलाई थप ब्याख्या गर्दै अपानिमा प्रथम राष्ट्रपति रामवरण यादवको भूमिका स्मरण गर्दै एमालेले उक्त दृष्टान्तको अनुशरण गर्न पनि आग्रह गरेको छ ।
भण्डारीलाई समावेशिताको ‘आइकन’को संज्ञा पनि एमालेले दिएको छ । पार्टीको उपाध्यक्षमा हुँदा होस वा राष्ट्रपति हुँदा उनको भूमिका नेतृत्वदायी, विवादरहित र उत्कृष्ट भएकोमा एमालेले उच्च प्रशंशा पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्