Advertisement GIF
वाइडबडी भ्रष्टाचारमा अख्तियारको बद्नियत : पूर्व न्यायाधीश फोरम

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबढी विमान खरिद प्रकृयासम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियारले गरेको अभियोजनमा पूर्व न्यायाधीश समाजले आपत्ति जनाएको छ ।

फोरमले ‘विशेष अदालतले फैसला गर्दा एउटै कार्यमा संलग्न कसैलाई अभियोजन गर्ने र कसैलाई अभियोजन नै नगर्नेजस्तो चयनमुखी अभियोजनको दृष्टिकोण अवलम्बन गरिएको, त्यस्तो अभियोजन गर्नु समान न्यायको सिद्धान्त विरुद्ध हुने, यस्तो कार्यले कानून सबैको लागिबराबर हो भन्ने भावनामा आघात पु¥याउने र न्याय प्रतिको विश्वास कमजोर बनाउछ भन्ने समेत उल्लेख गरेको उल्लेख गर्दै अभिकथन वर्तमान अवस्थामा सान्दर्भिक एवम् समसामयिक देखिन आएको प्रष्ट पारेको छ ।

फोरमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो संवैधानिक निकायद्वारा गरिने अनुसन्धान र अभियोजन गर्ने संस्थाका पदाधिकारीका सम्बन्धमा विवाद उठाइएको उल्लेख गरेको छ । ‘यस्ता विवादित अनुसन्धान र अभियोजन कानूनको शासनको सिद्धान्तको मूल्य र मान्यता विपरीत भएर जनमानसमा गम्भीर चिन्ता र चासोको विषय बन्न गएको छ।’– फोरमले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिउको छ,‘यसमा जिम्मेवार पदाधिकारीहरुको दायित्व बोध हुन अनिवार्य देखिएको छ।’

अवैधानिक शासनपद्धति, कानूनी राज्य, स्वतन्त्र, निष्पक्ष तथा न्यायपालिका र लोकतान्त्रिक शासन व्यवस्थासमेतको सुदृढीकरणका लागि यस फोरमले समसामयिक विषयका सम्वन्धमा ध्यानाकर्षण गराउँदै आएको भन्दै हाल पनि केही समसामयिक घटनाक्रमले सवैधानिक सर्वोच्चता, कानूनको अगाडि समानता तथा कानूनको उचित प्रकियाका सिद्धान्तसमेतका आधारमा सरोकारवाला तथा सर्वसाधारण सबैको ध्यानाकर्षण गराउन अनिवार्य देखिएको फोरमले उल्लेख गरेको छ ।

वाइडवडी विमान खरिद प्रक्रियाको फैसला सरोकारवालालगायत आम सर्वसाधारणमा समेत सकारात्मक संदेश जान सक्ने नदेखिएको र यसतर्फ कानूनको पालन गर्न गराउन सरोकारवाला सबै पक्षको ध्यानाकर्षण हुन जरुरी रहेको फोरमको निचोड छ । प्रायः सबै अदालतबाट कानूनको पालना हुन नसकेको भन्ने गुनासाहरुको यथाशीघ्र संम्बोधन हुन सकेन भने कानून वमोजिम न्याय प्रशासनले जनआस्था आर्जन गर्न नसक्ने पनि फोरमले प्रष्ट पारेको छ ।