Advertisement GIF
कल्पवृक्ष
श्रावण १९ सोमबार, ७:३५ अपराह्न
राजावादी आन्दोलन : दुर्गा प्रसाईं धरौटीमा रिहा

राजधानीको काठमाडौं तीनकुने घटनामा मुख्य योजनाकार भनेर चर्चा गरिएका बिवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका छन् । न्यायाधीशहरू टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत जेठ २९ गते काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराधबारे अनुसन्धान गर्न उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि प्रसाईँ कारागार चलान भएका थिए । तीनकुने घटनामा सुृरेश रजकसहित दुई जनाको मृत्यु भएको थियो भने प्रहरीको गोली १९ जनालाई लागेको थियो ।