Advertisement GIF
कल्पवृक्ष
श्रावण २७ मंगलबार, ५:५३ अपराह्न
राज्य व्यवस्था समिति : सभापति रामहरि खतिवडाले दिए राजीनामा

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । संघीय निजामती विधेयकबाट ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था गायब भएको विवादमा तानिएका उनले अन्ततः राजीनामा दिएका हुन् । उनलाई राजीनामा दिन चौतर्फी दबाव थियो । मंगलबार (आज) प्रतिनिधिसभाको बैठकमा सम्बोधनमार्फत् खतिवडाले राजीनामा दिएका हुन् ।

‘‘कुलिङ पिरियड जसरी पनि राख्नुपर्छ भनेर अड्डी लिएको थिएँ । हिजो पनि थिएँ, आज पनि छु, भोलि पनि रहनेछु ।’– खतिवडाले सम्बोधनका क्रममा भने ।