Advertisement GIF
कल्पवृक्ष
मंसिर २० शुक्रबार, १०:०७ पूर्वाह्न
वडाध्यक्ष थापाको क्यान्सरले निधन

कागेश्वरी मनोहरा नगरपालिका– ७ का वडाध्यक्ष भीमसेन थापाको क्यान्सर रोगका कारण निधन भएको छ । ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार आज (शुक्रबार) नगरपालिकाले आफ्नो क्षेत्रमा सार्वजनिक विदा दिएको छ । अत्यावश्यकवाहेकका सेवा दिने कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।