देश र देश बाहिर रहेका पूर्व सुरक्षाकर्मीहरुको बाहुल्य रहेको जय मातृभूमि पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सम्पन्न भएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, बेलायती सैनिक, सिंगापुर सैनिक र भारतीय सैनिकमा काम गरेर निवृत्त भएका पूर्व सुरक्षाकर्मीहरुको बाहुल्य रहेको पार्टीको केन्द्रीय समिति बैठक पार्टी अध्यक्ष सुरेशकुमार कार्कीको अध्यक्षतामा बसेको हो ।

पार्टीका अध्यक्ष कार्कीका अनुसार आइतबार (आज) बसेको बैठकले आगामी राजनीतिक रणनीति, साङ्गठनिक गतिविधि र भावी कार्यक्रमको समीक्षा र आवश्यक छलफल गर्दै केही निर्णहरु गरेको छ । बैठकले आगामी निर्वाचनलाई मध्यनजर गर्दै देशव्यापी सङ्गठन बिस्तार, जनजागरण अभियान, पार्टीको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।
निर्वाचन आयोगको आह्वानअनुसार प्रतिनिधि सभा समानुपातिक उम्मेदवार प्रयोजनको लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ। जय मातृभूमि पार्टीको चुनाव चिन्ह बच्चा काखमा लिएकी आमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्