Advertisement GIF
माघ १४ मंगलबार, ११:३९ अपराह्न

यो पवित्र यात्राले यही सन्देश दिन खोजिरहेको छ । शान्ति बन्दुकबाट होइन, पदचापबाट आउँछ । आज संसार युद्ध, विभाजन र घृणाको चक्रमा फसेको छ। त्यही संसारमा बौद्ध साधकहरू आफ्नो शरीर, समय र थकान चढाएर शान्तिको प्रार्थना बोकेर हिँडिरहेका छन् । उनीहरूको मौन यात्रा चर्को भाषणभन्दा शक्तिशाली र असीम गहिरो छ । शक्तिशाली बमको आवाज भन्दा गहिरो । यसले भन्छ, जब सभ्यताले आफ्नो विवेक गुमाउँछ, तब सनातन प्रज्ञा पैदल हिँडेर सम्झाउन आउँछ ।

लाजेहाङ

सनातन बौद्ध प्रज्ञाको केन्द्र नेपाल हो । यही भूमिबाट जन्मिएको करुणा, अहिंसा र सह–अस्तित्वको दर्शनले संसारलाई हजारौँ वर्षदेखि मार्ग देखाउँदै आएको छ । आज यही सनातन प्रज्ञाको प्रतिनिधित्व गर्दै बौद्ध भिक्षु र आलोका (भारतबाट लगिएको कुकुर) ले अमेरिकाको टेक्सासदेखि वासिङटन डिसीसम्म पैदल हिँडेर विश्व शान्तिको कामना गरिरहेका छन् । यो कुनै व्यक्तिगत तीर्थयात्रा होइन । यो सनातन प्रज्ञाको केन्द्रबाट संसारतर्फ यात्रा गरिरहेको नैतिक सन्देश हो ।

२१ जना भिक्षु र आलोका हिँडेको बाटो केवल भौगोलिक दूरी होइन । टेक्सास आधुनिक अमेरिका भित्रको ‘शक्ति, उद्योग र सैन्य प्रभुत्व’ को प्रतीक हो भने वासिङटन डिसी त्यस शक्तिको राजनीतिक केन्द्र हो । यी दुई बिन्दुलाई पैदल जोड्नु भनेको हतियारको राजधानीतर्फ करुणाको पाइला चाल्नु हो । यो एउटा शक्तिशाली सन्देश हो ।

यो पवित्र यात्राले यही सन्देश दिन खोजिरहेको छ । शान्ति बन्दुकबाट होइन, पदचापबाट आउँछ । आज संसार युद्ध, विभाजन र घृणाको चक्रमा फसेको छ। त्यही संसारमा बौद्ध साधकहरू आफ्नो शरीर, समय र थकान चढाएर शान्तिको प्रार्थना बोकेर हिँडिरहेका छन् । उनीहरूको मौन यात्रा चर्को भाषणभन्दा शक्तिशाली र असीम गहिरो छ । शक्तिशाली बमको आवाज भन्दा गहिरो । यसले भन्छ, जब सभ्यताले आफ्नो विवेक गुमाउँछ, तब सनातन प्रज्ञा पैदल हिँडेर सम्झाउन आउँछ ।

नेपाल बुद्धभूमि हो । सनातन प्रज्ञाको केन्द्र हो । बुद्ध केवल गुम्बामा होइन, मानबहरुको मन मस्तिष्कमा शान्ति भएर बाच्न चाहान्छ । भिक्षु र आलोका यही सत्यलाई अमेरिकाको राजमार्गमा लेखिरहेका छन् र बोलिरहेका छन् । उनीहरूको पाइला नेपालको अध्यात्मिक परम्पराको निरन्तरता हो, जसले संसारलाई सम्झाइरहेको छ । ध्वङ्स होइन, करुणा नै अन्तिम सत्य हो ।

यसैले टेक्सासदेखि वासिङटनसम्मको यो यात्रा एउटा विरोध होइन, एउटा निमन्त्रणा हो । मानवतालाई आफ्नो मूल चेतनातर्फ फर्कन संदेश दिइरहेको निमन्त्रणा हो । जहाँ नेपाल केन्द्र हो, बुद्ध मार्ग हो र शान्ति गन्तव्य । विश्वले हिडेर शान्तिको संदेश दिइरहेको बौद्ध भिक्षु र आलोकाबाट संदेश लिनेकी  ?