Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २१ बिहीबार, ९:४१ पूर्वाह्न
पाँचथरमा ९५ वर्षीय वृद्ध सुवेदीबाट मतदान

पाँचथरको फिदिम नगरपालिका – ४, सुखबोध मावि, मतदान केन्द्रबाट ९५ वर्षीय वृद्धले मतदान गर्नु भएको छ । फिदिम– ४, थाक्ले निवासी ९५ वर्षीय मनोरथ सुवेदीले उक्त केन्द्रबाट आज बिहान मतदान गर्नु भएको हो । यो केन्द्रमा २ हजार ७ सय ७९ मतदाता रहेका छन् । यो केन्द्रबाट मतदाता नम्बर ०८०३२९४३ र क्रम संख्या ११७० रहेका सुवेदीले मतदान गर्नु भएको हो ।

पाँचथरका ८ पालिकामा एक निर्वाचन क्षेत्र रहेको छ । यहाँ १०२ मतदान केन्द्र तथा १७९ मतदान स्थल रहेका छन् । जिल्लामा १ लाख ४३ हजार ४ सय ८ जना मतदाता रहेका छन् । यसमा महिला ६७ हजार ३३० र पुरुष ७६ हजार ७८ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।