Advertisement GIF
प्रतिनिधिसभा निर्वाचन : ७० को नतिजा सार्वजनिक, ५५ स्थानमा रास्वपा विजयी

निर्वाचनको पछिल्लो गणनाअनुसार शनिबार अपह्रान्न साढे ५ बजेसम्म ७० सिटको नतिजा सार्वजनिक भएको छ । अब ९५ सिटको मत गणना जारी छ ।

पछिल्लो नजिताअनुसार रास्वपा ५५, नेपाली कांग्रेस ८, नेकपा एमाले ३, नेपाली कम्युनिष्ट पार्र्टी २, स्वतन्त्र १ र राप्रपा १ सिटमा विजयी बनेका छन् । स्वतन्त्रमा महावीर पुन छन् भने राप्रपाबाट ज्ञानबहादुर साही निर्वाचित भए ।

अब मत गणनामा रास्वपा ६६, कांग्रेस १३, एमाले ८, नेकपा ५ र श्रम शक्ति पार्टी ३ स्थानमा अगाडि देखिएका छन् ।
समानुपातिक मतमा रास्वपा २ लाख २६ हजार, कांग्रेस ६८ हजार, एमाले ५३ हजार, नेकपा २१ हजार, राप्रपा १७ हजार र श्रम शक्तिले ८ हजारको रेसियोमा मत ल्याएका छन् । मत गणना जारी छ ।