प्रहरीले (आज) आइतबार बिहान पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा पक्राउ गरिएको हो । पक्राउपछि खड्कालाई सम्पत्ति शुद्धिकराण विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
जेनजी आन्दोलनमा पूर्वमन्त्री खड्काको घरमा पनि पैसा जलेको फोटाहरु सार्वजनिक भएका थिए ।
प्रतिक्रिया दिनुहोस्