सरकारले राजनीतिक कोटाबाट नियुक्त भएका ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतहरूलाई फिर्ता बोलाइएको हो।
सरकारले ३४ वटा कूटनीतिक नियोगमध्ये १७ वटा नियोगमा राजनीतिक कोटाबाट नियुक्ति गरेको थियो। यसअघि सुशीला कार्की नेतृत्वमा गत कात्तिकमा ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय भए पनि ती ६ देशका राजदूत भने बाँकी रहेका थिए।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले राजदूत फिर्ता बोलाउने निर्णय भएको पुष्टि गरेका छन्। उनका अनुसार फिर्ता बोलाइएका राजदूतहरूलाई एक महिनाभित्र फर्किन सोमबार नै पत्राचार गरिसकिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), पूर्णबहादुर नेपाली (श्रीलंका), शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), सुम्निमा तुलाधार (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका)लाई फिर्ता बोलाउने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्