Advertisement GIF
कल्पवृक्ष
वैशाख २६ शनिबार, ६:२३ पूर्वाह्न
सशस्त्रमा सात जना एसपी एसएसपीमा बढुवा

काठमाडौँ । सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले एसएसपीहरूको बढुवा नियुक्ति सम्बन्धी निर्णय गरेका हुन् । बढुवा हुनेमा दीपककुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्राङ्ग दहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार्की छन् ।

लामो समयदेखि बढुवा प्रकृया रोकिएको सशस्त्रमा अब भने ‘गाँठो’ फुकेको छ ।