दाङ । दाङ जिल्लाको राप्ती गाउँपालिका–१ स्थित सशस्त्र प्रहरी बल, नेपालको नं. २९ गण परिसरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ ।
नेपाली सेनाका अनुसार २०८३ साल जेठ १२ गते पेरिमिटर सरसफाइ गर्ने क्रममा सकेट बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु फेला परेलगत्तै नेपाली सेनाको ज्वालादल गणबाट खटिएको बम डिस्पोजल टोलीले घटनास्थल पुगेर आवश्यक सुरक्षा सतर्कता अपनाउँदै सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ ।
घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको तथा सर्वसाधारणलाई शंकास्पद वस्तु देखिएमा तत्काल सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्