सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु ग्यालेक्सी” अभियान घोषणा गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्। यो अफरमार्फत ग्राहकहरूले आकर्षक निश्चित छुट, अतिरिक्त एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ। अभियानअन्तर्गत ग्राहकहरूलाई झन्झटरहित पहुँच दिन शुन्य प्रतिशत डाउनपेमेन्टमा २४ महिनासम्मको सरल ईएमआई सुविधा समेत उपलब्ध गराइएको छ।
यस अभियानमा ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस लिएर आएमा त्यसको मूल्याङ्कनका साथै अधिकतम रु। ८,००० सम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूको पहुँचलाई अझ सहज बनाउन सामसुङले विभिन्न मोडेलहरूमा निश्चित छुट र एक्सचेन्ज बोनसको व्यवस्था गरेको छ। यसअन्तर्गत ग्यालेक्सी एस२६ अल्ट्रा खरिद गर्दा निश्चित छुट रु १०,००० र एक्सचेन्ज बोनस रु ८,००० पाइनेछ भने ग्यालेक्सी एस२६ प्लसमा निश्चित छुट रु २३,००० र एक्सचेन्ज बोनस रु ८,००० तोकिएको छ। त्यसैगरी ग्यालेक्सी एस२६ मा निश्चित छुट रु १०,००० र एक्सचेन्ज बोनस रु ८,००० उपलब्ध छ भने ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ मा समान रूपमा निश्चित छुट रु ५,००० र एक्सचेन्ज बोनस रु ५,००० व्यवस्था गरिएको छ।
यो विशेष अफरका साथमा एनसेलको तर्फबाट आकर्षक बोनस डेटा सुविधा पनि उपलब्ध गराइएको छ। जसअन्तर्गत एस२६ सिरिजका डिभाइस खरिदकर्ताले न्यूनतम रु। ३९९ को एनसेल प्याक खरिद गर्दा प्रतिरिचार्ज १५ जीबीका दरले १२ पटक रिचार्ज गर्दा कुल १८० जीबी बोनस डेटा पाउनेछन्। त्यस्तै, ए५७, ए३७, ए१७ र एम१७ डिभाइस खरिद गर्ने ग्राहकले न्यूनतम रु। २९९ को प्याक खरिद गर्दा प्रतिरिचार्ज १० जीबीका दरले १२ पटक रिचार्ज गर्दा कुल १२० जीबी बोनस डेटा प्राप्त गर्न सक्नेछन्।
नयाँ सार्वजनिक गरिएको ग्यालेक्सी एस२६ सिरिज सामसुङको नवीनतम फ्ल्यागशिप इनोभेसन हो, जसले शक्तिशाली प्रदर्शन, उन्नत एआई(आधारित ९ब्क्ष्० फिचरहरू तथा प्रिमियम प्रयोगकर्ता अनुभव प्रदान गर्दछ।
साथै, ग्यालेक्सी ए५७ र ए३७ फाइभजीले ग्यालेक्सी ए सिरिजमा स्मार्ट एआई फिचर, भरपर्दो पर्फर्मेन्स तथा आकर्षक डिजाइन उपलब्ध गराउँदै दैनिक प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव दिने लक्ष्य राखेको छ। यो अफर सीमित अवधिका लागि मे २७ देखि जुन ३० सम्म देशभरिका अधिकृत सामसुङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ। कम्पनीले ईएमआई योजना, एक्सचेन्ज सर्त तथा अन्य थप जानकारीका लागि नजिकैको सामसुङ स्टोरमा सम्पर्क गर्न ग्राहकहरूलाई अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्