Advertisement GIF
एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण

नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै एलजी इलेक्ट्रोनिक्सले आफ्नो नयाँ घरेलु उपकरण शृङ्खला ‘एलजी इसेन्सियल सिरिज’ नेपाली बजारमा सार्वजनिक गरेको छ। ‘हरेक घरको खुसी, घरघरमा एलजी’ अभियान अन्तर्गत काठमाडौँको होटल विवान्तामा आयोजित एक विशेष कार्यक्रमका बीच यस सिरिजको औपचारिक अनावरण गरिएको हो।

एलजी इलेक्ट्रोनिक्स सिंगापुरले नेपालका लागि आफ्नो एकमात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा यी उत्पादनहरू बजारमा ल्याएको हो। नयाँ ब्रान्ड सार्वजनिक गर्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सीजी इलेक्ट्रोनिक्स बीचको चार दशक लामो दीगो सहकार्यलाई स्मरण गर्दै यो सिरिजले नेपाली उपभोक्ताहरूका लागि नयाँ अवसर र सुविधाहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै एलजी इलेक्ट्रोनिक्स सिंगापुरका होम एप्लायन्स सोलुसनका प्रोडक्ट डाइरेक्टर चहाइहो हानले नेपाली उपभोक्ताहरूबाट प्राप्त प्रतिक्रियाका आधारमा नै स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने गरी यो सिरिज विकास गरिएको बताउनुभयो।

विशेष रूपमा नेपाली बजारलाई लक्षित गरी डिजाइन गरिएको यस शृङ्खलामा फ्रिज, वासिङ मेसिन र एयर कन्डिसनरहरू समावेश गरिएका छन्। एलजी इसेन्सियल सिरिजको डबल(डोर फ्रिजमा ‘फ्रस्ट(फ्री’ प्रविधि रहेको छ जसले म्यानुअल रूपमा बरफ पगाल्नुपर्ने झन्झट हटाउँछ भने यसमा रहेको ‘स्मार्ट मोड’ सुविधाले मौसम अनुसार तापक्रम स्वतः नियन्त्रण गर्छ। अघिल्ला मोडलहरूको तुलनामा यसमा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता समेत रहेको छ। त्यस्तै नेपालको वातावरणीय अवस्थालाई सुहाउँदो फुल्ली अटोमेटिक टपलोड वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर र पानी प्रतिरोधी कन्ट्रोल प्यानल राखिएको छ। यसमा प्रयोग गरिएको ‘लो(प्रेशर फिल टेक्नोले पानीको चाप कम भएको अवस्थामा पनि प्रभावकारी धुलाइ सुनिश्चित गर्दछ।

यसैगरी ऊर्जा दक्ष प्रविधियुक्त कोठाको एयर कन्डिसनरले चिसो र तातो दुवै सुविधा प्रदान गर्नुका साथै परम्परागत नन(इन्भर्टर एसीको तुलनामा कम बिजुली खपत गर्दछ। वातावरणमैत्री आरथर्टीटु रेफ्रिजरेन्ट प्रयोग गरिएको यस एसीले न्यून ध्वनिमा काम गर्ने भएकाले उपभोक्तालाई थप आरामदायी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यी उत्पादनहरूको सुरुवाती मूल्य करीब ४९ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ। यी नयाँ घरेलु उपकरणहरू जुन २०२६ देखि नै नेपालभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टि ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख इ(कमर्स प्लेटफर्महरू मार्फत बिक्री वितरण सुरु भइसकेको छ। उल्लेखित मूल्यमा जडान, कर तथा अन्य सेवा शुल्कहरू भने समावेश नहुन सक्ने जानकारी दिइएको छ।