Advertisement GIF
कञ्चनपुरमा सशस्त्र प्रहरीबाट ३४ लाख बढीको बीउसहित ट्रक नियन्त्रणमा

 

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ स्थित फोरलाईन ईलाकाबाट जेठ १२ गते सशस्त्र प्रहरीले ३४ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको खरबुजाको बीउसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

ना८ख १९९४ नम्बरको ट्रकमा राखेर महेन्द्रनगरबाट दोधारा चाँदनीतर्फ लैजाँदै गरेको २ हजार २० केजी खरबुजाको बीउ सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकी र सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको ट्रक र बरामद बीउ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । ट्रकको भन्सार दाखिला मूल्य ३० लाख रुपैयाँ कायम भएको छ ।