Advertisement GIF
नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास

विपद प्रतिकार्यको लागि काठमाडौँ एयरपोर्टमा रहने नेपाली सेनाको विपद प्रतिकार्य ‘संयुक्त द्रुत प्रतिकार्य टोली’ ले मनसुन जन्य विपदको समयमा गर्ने हवाई उद्धार लगायतका कार्यहरुको अभ्यास गरेको छ ।

सेनाले यही असार १३ गते (आज) सर्लाही जिल्लाको बागमती ड्याम इलाकामा बिपद् प्रतिकार्य तयारी अभ्यास  सञ्चालन गरेको हो ।

मध्य पूर्वी पृतना, विशेष फौज बाहिनी तथा मध्य एयर बेसका फौजहरूको सक्रिय सहभागिता रहेको यस किसिमकोअभ्यासले मनसुनका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान तथा अन्य विपद्का घटनामा शीघ्र, समन्वयात्मक र प्रभावकारी प्रतिकार्य गर्ने क्षमता अभिवृद्धि हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।