कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । नतीजाअनुसार ६१ दशमलव १६ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । यो नतीजा गतवर्षको तुलनामा ९ प्रतिशत बढी हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीले विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताए । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्