राजधानीको बागबजारमा रहेको नेशनल इन्टिच्युट फर कम्पेटेटिभ एक्जाम्स (नाइस) ले लोकसेवा आयोगले विज्ञापन गरेको परराष्ट्र सेवाका लागि अधिकृत पदमा १०२ जनामध्ये ७६ जनालाई लिखित परीक्षामा उतीर्ण गराउन सफल भएको छ । यसरी उतीर्ण भएकाहरुको मौखिक परीक्षा भने हुन बाँकी छ ।
नाइसका अध्यक्ष पुष्पराम केसीका अनुसार लोकसेवा आयोगले लिने परीक्षाका लागि दक्ष शिक्षक र विज्ञबाट तयारी कक्षा सञ्चालन गर्दा यस्तो उपलब्धी प्राप्त भएको हो ।
लोकसेवा आयोगले लिने परीक्षाको सारथी ‘स्वदेशमै रोजगार, सक्षम युवाको अधिकार’ भन्ने वाक्यलाई वास्तवमै व्यवहारमा लागू गर्दै युवालाई स्वदेशमै उचित अवसर र रोजगारको व्यवस्था गर्न सकेमात्र दीगो विकास सम्भव हुन्छ, भन्ने उदेश्यले तयारी कक्षा सञ्चालन गर्दा आयोगले लिने परीक्षामा निरन्तर राम्रो नतीजा आइरहेको छ ।

नेपाली जनशक्तिको पलायन रोक्न तथा उत्पादनशीलता बढाउन सबै तहबाट संघसंस्था, प्रतिष्ठान सबैले जिम्मेवारी वहन गर्नुपर्छ भन्ने उदेश्यले यो संस्था चार वर्षअघि स्थापना भएको नाइसका कार्यक्रम निर्देशक प्रदिप पौडेलको भनाइ छ ।
लोकसेवा तयारी गराउने संस्थाहरूमध्येको एक अग्रणी संस्थाको रुपमा नाइसलाई लिन थालिएको छ । जसले स्थापना कालको छोटो समयमै लोकसेवा आयोग, सुरक्षा सेवा, बैकिंङ सेवा, शिक्षक सेवालगायतका आयोगबाट लिइने प्रतिस्पर्धात्मक परीक्षाका तयारी कक्षाहरुमार्फत उल्लेख्य संख्यामा युवाहरुलाई उतीर्ण गराइरहेको पाइन्छ ।
राजपत्रांकित तथा राजपत्र अनंकित पदहरुमा प्रथम श्रेणीतसहित अत्याधिक विध्यार्थीहरु सिफारिस गराउँदै अङ्ग्रेजी र नेपाली माध्यममा भौतिक उपस्थितिमा र अनलाइनमार्फत कक्षा संचालन गर्दै आएको छ ।
नाइसमा अहिले अधिकृत (नेपाली माध्यमबाट प्रशासनतर्फ ३ सय २५, अधिकृत अंग्रेजी माध्यममा ८ सय, बैंकिङ ४ औँ र ५ औँ स्तरमा २ सय ५ जनासमेत चार हजारबढी युवाहरु लोकसेवाको तयारी गरिरहेको कार्यक्रम निर्दशक पौडेलले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्