Advertisement GIF
कल्पवृक्ष
पुस २३ बुधबार, ११:५४ पूर्वाह्न
एमाले संखुवासभामा यस्तो झाँकी

आसन्न प्रतिनिधिसभा निर्वाचनमा संखुवासभा जिल्लामा उम्मेदवार छनोटमा भएको निर्णयविपरीत केन्द्रीय सदस्यले नै अनौठो झाँकी प्रदर्शन गरेका छन् । जिल्ला कमिटीको बैठकले उम्मेदवारमा केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गौतम, केन्द्रीय सदस्य तुलशीप्रसाद न्यौपाने, भविश्वर गुरुङ, शेरबहादुर कार्की, डा अर्जुन कार्की र अम्बिका खवासको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले प्रदेश र केन्द्रीय कमिटीमा यी नाम पठाएको छ ।

संखु्वासभा एमालेका पार्टी इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य तुलशीप्रसाद न्यौपाने र उनकी छोरी रेखा न्यौपानेले प्रतिनिधिसभाको आसन्न निर्वाचनमा न्यौपानेकोमात्र एकल नाम सिफारिस भएको भन्दै भ्रम सिर्जना गरेका छन् । जिल्ला कमिटीको बैठकमा केन्द्रीय सदस्य गौतमको पक्षमा ९० प्रतिशतबढी नेताहरुले उम्मेदवार बन्न सिफारिस गरेका थिए । तर, केन्द्रीय सदस्य न्यौपाने र उनको परिवारले यो निर्णयविपरीत सामाजिक सञ्जालमा न्यौपानेको एकल सिफारिस भन्दै भ्रम सिर्जना गरिरहेका छन् ।

यो कार्य निन्दनीय रहेको भन्दै पार्टीका सचिवालय सदस्य युवराज राईले यस्तो कामबाट पार्टीको समग्रअवस्थामा आँच आएको भन्दै सम्बन्धित व्यक्तिलाई कारवाहीको माग गर्नु भएको छ ।