नेकपा एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा तुलसीपुर–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत, तुलसीपुर उपमहानगरपालिका–४ हलवारका ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहरका २४ वर्षीय विक्रम परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका रास्वपाका समर्थकहरूको भिडले एमालेको झण्डा जलाइएको थियो । रास्वपा समर्थित भीडले केपी ओलीविरुद्ध नागराबाजी पनि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्