Advertisement GIF
कल्पवृक्ष
चैत्र ४ बुधबार, २:१४ अपराह्न
खोटाङमा शव बोकेको हेलिकप्टर दुर्घटना

खोटाङमा एयर डाइनेस्टीको ९एन–एएफक्यू हेलिकोप्टर आज (बुधबार) ११ बजेर ५१ मिनेटमा दुर्घटना भएको छ । काठमाडौंबाट शव लिएर गएको हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन ।

हेलिकोप्टरमा पाँच जना यात्रु र एक शव थियो । जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा भएको दुर्घटनामा काठमाडौंका काजीबहादुर राईको दाहिने खुट्टामा सामान्य चोट लागेको बताइन्छ ।

हेलिकोप्टरमा नागमणि राईकी श्रीमती मनमछी राईको बेलायतमा मृत्यु भएको र अन्तिम संस्कारका लागि नेपाल ल्याइएको हो ।