Advertisement GIF
कल्पवृक्ष
जेष्ठ १२ मंगलबार, ६:३० अपराह्न
नेपाली सेनाद्वारा दाङमा शंकास्पद वस्तु सुरक्षित डिस्पोज

दाङ । दाङ जिल्लाको राप्ती गाउँपालिका–१ स्थित सशस्त्र प्रहरी बल, नेपालको  नं. २९ गण  परिसरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ ।

नेपाली सेनाका अनुसार २०८३ साल जेठ १२ गते पेरिमिटर सरसफाइ गर्ने क्रममा सकेट बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु फेला परेलगत्तै नेपाली सेनाको ज्वालादल गणबाट खटिएको बम डिस्पोजल टोलीले घटनास्थल पुगेर आवश्यक सुरक्षा सतर्कता अपनाउँदै सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ ।

घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको तथा सर्वसाधारणलाई शंकास्पद वस्तु देखिएमा तत्काल सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरिएको छ ।