Advertisement GIF
कालीकोट र प्यूठानमा फेला परेका शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

कालीकोट र प्यूठान जिल्लाका छुट्टाछुट्टै स्थानमा फेला परेका शङ्कास्पद वस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।

यही जेठ २३ गते कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर १ मान्म स्थित स्थानीय बासिन्दाको बारीमा एउटा शङ्कास्पद वस्तु फेला परेको थियो। त्यसै गरी सोही दिन प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ लुङ स्थित अर्का एक स्थानीयको घरमा पनि अर्को शङ्कास्पद वस्तु फेला परेको थियो। दुवै स्थानमा शङ्कास्पद वस्तु देखिएपछि स्थानीय प्रशासन र सुरक्षा निकायलाई खबर गरिएको थियो।

जानकारी पाउनासाथ तत्काल घटनास्थलमा खटिएको नेपाली सेनाको विशेषज्ञ बम डिस्पोजल टोलीले प्राविधिक सम्यमता अपनाउँदै ती दुवै वस्तुलाई सुरक्षित साथ डिस्पोज गरेको छ। सेनाको सक्रियताका कारण सम्भावित जोखिम टरेको छ भने दुवै क्षेत्रको जनजीवन सामान्य र सुरक्षित बनेको छ।