विपद प्रतिकार्यको लागि काठमाडौँ एयरपोर्टमा रहने नेपाली सेनाको विपद प्रतिकार्य ‘संयुक्त द्रुत प्रतिकार्य टोली’ ले मनसुन जन्य विपदको समयमा गर्ने हवाई उद्धार लगायतका कार्यहरुको अभ्यास गरेको छ ।
सेनाले यही असार १३ गते (आज) सर्लाही जिल्लाको बागमती ड्याम इलाकामा बिपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन गरेको हो ।
मध्य पूर्वी पृतना, विशेष फौज बाहिनी तथा मध्य एयर बेसका फौजहरूको सक्रिय सहभागिता रहेको यस किसिमकोअभ्यासले मनसुनका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान तथा अन्य विपद्का घटनामा शीघ्र, समन्वयात्मक र प्रभावकारी प्रतिकार्य गर्ने क्षमता अभिवृद्धि हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्