सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा दिपक थापालाई नियुक्त गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) थापासहित सुदिप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धी थिए । आईजीपी बसन्तवहादुर कुँवरको ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकासमा गएपछि एआईजीपी थापालाई सरकारले आईजीपीमा नियुक्त गरेको हो । थापा प्रहरीको ३१ औं आईजीपी हुन् ।
नवनियुक्त आईजीपी थापालाई गृह मन्त्रालयमा आयोजित एक समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न प्रदान गरे ।
प्रतिक्रिया दिनुहोस्