Advertisement GIF
कल्पवृक्ष
असार १ आइतबार, १०:०६ अपराह्न
भारतीय आकाशमा पाकिस्तानी जहाजलाई उडानमा रोक

भारतले आफ्नो आकाशमा पाकिस्तानी जहाजलाई उडानमा रोक लगाएको छ । भारतीय विमानस्थल प्राधिकरणले सूचना जारी गर्दै पाकिस्तानी जहाजहरुलाई भारतीय आकाशमा उडान प्रतिबन्ध लगाइएको  हो ।

भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार प्राधिकरणले बिहीबार मध्याह्न १२ बजेदेखि उक्त निर्णय कार्यान्वयन हुने भनेको छ। यो प्रतिबन्ध कम्तिमा मे २३ सम्म कायम रहने भनिएको छ। सो अवधीसम्म पाकिस्तानमा दर्ता भएका जहाज, भाडामा सञ्चालन भएका जहाज र पाकिस्तानी सैन्य विमानहरूले भारतको आकाश प्रयोग गर्न पाउने छैनन् ।

पहलगाम हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनावकाबीच भारतले पनि पाकिस्तानी जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाएको हो । एक साताअघि पाकिस्तानले आफ्नो आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। बुधबार भारतले पनि पाकिस्तानलाई जबाफ दिँदै त्यस्तै निर्णय गरेको हो ।