घुस लिन गरिएको डिल प्रकरणमा मुसिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । सोमबार (हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई्र बालुवाटार बोलाएर २४ घण्टाभित्र राजीनामा दिन ‘अल्टिमेटम’ दिएका थिए । प्रम ओलीको अल्टिमेटमपछि मन्त्री गुप्ताले राजीनामा दिएको बालवाटार स्रोतले जनाएको छ ।
मन्त्री गुप्ताले घुस लिन डिल नगरेको दावी गरिरहेका थिए । तर, चौतर्फी दबावबीच प्रम ओलीले राजीनामा गर्न लगाएका हुन् । केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी मन्त्री गुप्ताले डिल गरेको अडिओ सार्वजनिक भएको थियो।
प्रतिक्रिया दिनुहोस्