Advertisement GIF
हरि रिमाल
श्रावण २३ शुक्रबार, ३:१९ अपराह्न
रेमिट्यान्स बचत खाता कसरी खोल्ने

रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख स्रोत हो, विशेषगरी ठूलो संख्यामा नेपालीहरू विदेशमा रोजगारीका लागि रहेकाले यो देशको लागि मेरुदण्ड हो ।त्यसैले आज म विदेशमा रहेका वा विदेश जाने सोचमा रहेका नेपालीहरूले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सजिलै रेमिट्यान्स बचत खाता कसरी खोल्न सक्छन् भन्ने कुराको जानकारी दिन चाहन्छु ।

अन्य बचत खाताको तुलनामा रेमिट्यान्स बचत खातामा बढी ब्याज पाइने साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आरक्षणमा खुलाइएको पब्लिक सेयरमा आवेदन दिनका लागि पनि रेमिट्यान्स बचत खाता आवश्यक र महत्त्वपूर्ण छ।

रेमिट्यान्स बचत खाता खोल्न आवश्यक कागजात
१. श्रम स्वीकृति
२ नेपाली राहदानी वा नागरिकता
३ राष्ट्रिय परिचयपत्र
४. पासपोर्ट साइजको फोटो
५ रेमिट्यान्स गरेको भौचर

रेमिटान्स खाता खोल्ने प्रक्रिया

नेपालमा हुनुहुन्छ भने नजिकैको बैंक शाखामा गएर बैंकले मागेको आवश्यक कागजातहरू राष्ट्रिय परिचयपत्र, प्यान कार्ड, नागरिकता, श्रमको कागज बुझाएर रेमिट्यान्स बचत खाता खोल्न सकिन्छ।

विदेशमा हुनुहुन्छ भने बैंकको आधिकारिक वेबसाइट वा आधिकारिक इमेलमा गएर माथि उल्लेखित कागजातहरू अपलोड गरेर रेमिट्यान्स खाता खोल्न वा आफ्नो रहेको बचत खातालाई नै रेमिट्यान्स खातामा परिवर्तन (स्किम चेन्ज) गर्न सकिन्छ।

रेमिट्यान्स खातामा अन्य बचत खाताको तुलनामा बढी ब्याजदर र अन्य सुविधाहरू पाइन्छन् । हजुरहरु पनि यस्को फाइदा लिन आजै आफ्नो खातालाई रेमिटान्स खातामा परिवर्तन गर्नसक्नुहुन्छ।

–हरि रिमाल
हाल कुवेत