Advertisement GIF
कल्पवृक्ष
श्रावण २८ बुधबार, ८:४५ पूर्वाह्न
नविनको गीत ‘तुम्लिङटारे ठिटो’ सार्वजनिक

पत्रकार तथा रेडियो प्रस्तोता नविन दाहालको रचनामा ‘तुम्लिङ्टारे ठिटो हु म भेटौ एकादशी मेलैमा
बितिजाला लाली जोवन माया लगाउ बेलैमा’ गीत सार्वजनिक भएको छ ।

गीतकार नविन दाहालको शब्दमा गायक असोक मुकारुङ र गायिका ईन्द्रमाया रसाइलीको श्वरमा यो गीत सार्वजानिक भएको हो । गायक मुकारुङकै संगीत रहेको गीत सेवा ईन्टरटेन्मेन्ट युट्युव च्यानलमा हेर्न सकिने गीतकार नविन दाहालले बताए । गीतकार दाहालका यसअघि दर्जन बढी गीत रेकर्ड भइसकेका छन् । सङ्खुवासभाका स्थायी बासिन्दा दाहाल स्थानीय प्रकृति र जनजिवनका गीतहरु रचना गर्दै आएका परिचित अनुहार हुन् । उनको ‘अक्करको बाटो’ पूर्वी क्षेत्रमा सर्वाधिक रुचाइएको गीतमा पर्छ । यसबाहेक अक्करको भीर, मलाई सम्झी, किमाथांका गाउँ, सोल्टेनी हजुर गीतले चर्चा पाएका छन् ।

गीतकार नविन दाहाल

खाँदबारीको गाडीचढी सोल्टेनी धरान झरौला
कसम हो मेरो हजुर जुनिभर माया गरौला

चर्चित गायक खेमराज गुरुङबाट प्रभावित दाहालका गीतहरुमा कताकता गुरुङको रस पाइन्छ । लामो समय पत्रकारीता गरेका दाहाल झण्डै साढे डेढ दशकअघि संखुवासभाकै खाँदबारी र गुराँश एफएमका चर्चित कार्यक्रम प्रस्तोता थिए ।