मनले डाँडाकाँडा उकाली ओराली सबै भ्याउँछ
आँखा नदेखेर के भो ?
अनुभूति र विश्वासले सबै दृश्य छर्लङ्ग गराइ दिन्छ।
कान नसुनेर के हुन्छ ?
शब्द भन्दा गहिरो भाव बुझ्छ।
बोल्न नसकेर के भो ?
आँसु हासो आफ्नै भाषा बुझ्छ।
अपाङ्गता दोष होइन
हेराइ फेर्नुहोस्
मन फेर्नुहोस् ।
अरू सन्तान सरह शिक्षा दिनुहोस्
वचनका बाणले हान्नुअगाडि
उसको नि मन हुन्छ भन्ने मनन् गर्नुहोस्
हामी अपुरो हैन, पूरा छौँ ।
तपाईहरूको सोच र मानसिकता पनि पूर्ण बनाउनुहोस्
यही नै साँच्चिकै मानवता हो
धर्म गर्न चार धाम जानु पर्दैन
नसक्नेलाई साथ सहयोग दिनुहोस्
त्यो नै सबै भन्दा ठूलो तीर्थ बन्न्छ।
– जमुना अधिकारी /काठमाडौं
प्रतिक्रिया दिनुहोस्