गायक द्वय मोतिराज खनाल र सुनितामी परियारको आवाजमा मालारानी भजन सार्वजनिक भएको छ । अर्घाखाँची जिल्लास्थित धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको मालारानी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ लोक भजन ‘मालारानी’ सार्वजनिक गरिएको हो । स्थानीय आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यलाई गीत–संगीतमार्फत उजागर गर्ने लक्ष्यसहित यो भजन निर्माण गरिएको गायक द्वय खनाल र परियारको भनाइ छ ।

सुमन खनालको परिकल्पनामा तयार भएको यस भजनमा गीत र संगितबाट आफ्नो पहिचान बनाउन सफल गायक तथा सर्जक मोतिराज खनालको शब्द, संगीत र स्वर रहेको छ भने खनालसँगै गायिका सुनितामी परियारले सशक्त श्वर दिएकी छन । संगीत संयोजन एरेन्जर महेन्द्र भण्डारीले गरेका छन् भने भजनको शब्द संयोजन जनार्दन खनालले गरेका हुन् ।
सान्सा फिल्मको प्रस्तुति तथा मालारानी गाउँपालिकाको सहयोगमा निर्माण भएको म्युजिक भिडियोमा विभिन्न म्युजिक भिडियो र सिरियलका पात्र सुरवीर पण्डित, शर्मिला शर्मा, सुस्मिता बुढाथोकी, शोभाखर खनाल र राजेन्द्र रानाको अभिनय रहेको छ । भिडियो निर्देशन सुरज खनालले गरेका छन् । जसले मालारानीको धार्मिक महत्व र जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्। भजनको अडियो मालाश्री रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो । रेकर्डिङ सागर बाजुराली, मिक्सिङ खडक बाजुराली तथा भिडियो सम्पादन बिनोद बमले गरेका छन्।
निर्माण टिमका अनुसार मालारानी भजनले त्यस क्षेत्रको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास लिइएको छ। अर्घाखाँचीको मौलिकता र धार्मिक धरोहरलाई सबै नेपाली माझ चिनाउने प्रयास स्वरूप यो भजनलाई महत्वपूर्ण सिर्जनाका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्