Advertisement GIF
डा वासुदेवकृष्ण शास्त्री ‘अथर्व’
माघ ९ बिहीबार, ९:४९ अपराह्न
सत्यलाई सामर्थ्यमा बदल्नु छ

आज हामी यहाँ केवल बोल्नका लागि होइन
आज हामी यहाँ जाग्न, उठ्न र स्वदेशभाव जगाउन उठेका छौ
सत्य सधैँ सत्य नै हुन्छ
तर इतिहास साक्षी छ
सत्य कमजोर हुँदा होइन, असंगठित हुँदा हार्छ।

हामीसँग सत्य छ
देशप्रेमको सत्य
न्यायको सत्य
स्वाभिमानको सत्य
र भविष्यप्रतिको उत्तरदायित्वको सत्य।

तर प्रश्न यो हो
के यो सत्य सामर्थ्य बनेको छ ?

आजको आवश्यकता यही हो ?
सत्यलाई सामर्थ्यमा बदल्नु छ।

सत्यलाई सामर्थ्यमा बदल्न
हामीलाई डर होइन, साहस चाहिन्छ।
मौन होइन, आवाज चाहिन्छ।
एक्लोपन होइन, संगठन चाहिन्छ।

जब सत्य विचारमा सीमित रहन्छ
त्यो केवल दर्शन बन्छ
तर जब सत्य जनतामा फैलिन्छ
त्यो क्रान्ति बन्छ।

हामी अन्यायको विरोध केवल शब्दमा होइन
व्यवहारमा गर्न चाहन्छौँ
हामी परिवर्तनको सपना मात्र होइन
परिवर्तनको शक्ति बन्न चाहन्छौँ ।

आज हामी, तपाईंहरू सबैसँग भन्न चाहान्छौ
अब सत्य बोल्नेमात्र होइन
सत्यका लागि उभिने समय आएको छ ।

आउनुहोस्,
हाम्रो सत्यलाई संगठन बनाऔँ
संगठनलाई शक्ति बनाऔँ
र शक्तिलाई राष्ट्र रूपान्तरणको माध्यम बनाऔँ ।

सत्यलाई सामर्थ्यमा बदल्नु छ
यही हाम्रो संकल्प हो
यही हाम्रो यात्रा हो ।

जय सत्य सनातन, जय स्वाभिमान ।

-डा वासुदेवकृष्ण शास्त्री ‘अथर्व’