Advertisement GIF
कल्पवृक्ष
माघ १० शुक्रबार, ७:१४ अपराह्न
हामी सत्य हौँ

यो कुनै भावुक नारा होइन
यो राष्ट्रबोधको उद्घोष हो
स्वदेश भन्दा अर्को सत्य हुँदैन
र सत्यबिना राष्ट्र बाँच्दैन ।

नेपाल कुनै कल्पना होइन
नेपाल नेपालीको अस्तित्व हो
सत्य नेपालीको आत्मा हो
नेपालीको सामर्थ सत्य हो ।

सत्य वीरता हो
धिरता हो
शक्ति हो
सामर्थ हो ।

आज हामीलाई चुप बस्न सिकाइयो
सत्यलाई कमजोर बनाइयो
स्वदेशलाई बिर्सन बाध्य पारियो ।

तर अब होइन
अब सत्यलाई सत्य भनेर बोल्ने समय आएको छ
आउनुहोस्—मिलेर सङ्गठन गरौँ
आउनुहोस्—मिलेर अभियान गरौँ
यो कुनै व्यक्ति, कुनै दल, कुनै स्वार्थको लडाइँ होइन
यो राष्ट्रको पुनर्जागरणको यात्रा हो ।

हामी सत्यका पक्षमा उभिन्छौँ
सत्यका लागि बोल्छौँ
सत्यकै निम्ति लड्छौँ
तन, मन, जीवन ,सगठन, सबै स्वदेशका लागि समर्पित हुन्छ।

आजबाट हाम्रो पहिचान स्पष्ट छ
हामी स्वदेशी हौँ
हामी सत्यका पहरेदार हौँ
अब प्रश्न सोध्ने होइन
उठ्ने समय आएको छ।

स्वदेश सत्य हो
स्वदेश सत्य हो भने
त्यसको रक्षा गर्ने शक्ति युवा हो
हामी कमजोर पुस्ता होइनौँ
हामी मौन बस्ने पुस्ता होइनौँ
हामीलाई भनियो
राजनीति फोहोरी हो ।

हामीलाई सिकाइयो
स्वदेशभन्दा बाहिर भविष्य छ
हामीलाई बिर्साइयो
नेपाल न्याय र सत्यको क्षेत्र हो
सत्य हो ।

यहाँ शक्ति,सामर्थ न्याय छ
युवा नउठ्दा राष्ट्र लुटियो
युवा नबोल्दा सत्य थिचियो
युवा नलडेका कारण स्वदेश कमजोर बनाइयो ।

अब होइन
अब सह्य छैन
आज हामी घोषणा गर्छौँ
स्वदेश हाम्रो पहिचान हो
नेपाल नेपालीको अधिकार हो
र सत्यको पक्षमा उभिनु अपराध होइन, कर्तव्य हो ।

आउनुहोस् अब संगठन बनाऔँ
राष्ट्रको पुनर्जागरणका लागि
हामी तन दिन्छौँ, मन दिन्छौँ, जीवन दिन्छौँ ।

हामी डराउँदैनौँ, झुक्दैनौँ, बिक्दैनौँ
युवाले संकल्प गरेपछि, इतिहास बदलिन्छ
इतिहास फेरि लेखिन्छ, नेपाल बाँच्छ।

जय स्वदेश, जय सत्य सनातन ।

-डा वासुदेवकृष्ण शास्त्री ‘अथर्व’