Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २८ बिहीबार, १०:४३ पूर्वाह्न
अन्जु पन्तको नयाँ गीत ‘धन्यवाद शत्रु’

चर्चा बटुल्न सफल गायिका अन्जु पन्तले ‘धन्यवाद शत्रु’ बोलको नयाँ गीत अन्जु पन्त अफिसियल च्यानलबाट रिलिज गर्नु भएको छ । आफ्नै शव्द, स्वर र बीबी अनुरागीको संगीतमा यो गीत बनेको हो । गीतले ‘शत्रुलाई धन्यवाद’ दिएको अनुभूति पनि दिन्छ ।

‘आफूले जीवनमा अनेकौ चोट र घृणा सहनु पर्दा पनि अनवरत संघर्ष र निरन्तरको परिश्रमले आज जे जति मान–सम्मान र सफलता पाएकी छु, त्यसको कारण मैले पाएका गाली र घृणाहरु नै हुन्, ‘पन्तले भन्नु भयो, ‘मन मुटु छेड्ने गरी आएका गाली र घृणाले मलाई सकारात्मक सोच्न सिकायो, अझै संघर्ष गर्न र बलियो बन्न सिकायो ।’

उहाँले यो गीत सार्वजनिक भएपछि आफ्ना शत्रु नभएको र कसैसित पनि शत्रुको व्यवहार नगरेको तर्क राख्नु भएको छ । आफूप्रति वितृष्णा जगाउनेप्रति लक्षित गर्दै गीतको सिर्जना गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नु भयो, ‘मेरो ह्रदयबाट यो धन्यवाद उहाँहरुलाई नै हो, जसले शत्रु झैँ व्यवहार गर्नुभयो तर मेरो मनमा कसैप्रति पनि कुनै नकारात्मक भावना तथा गुनासो छैन ।’