काठमाडौँ — नेपाली सेनाका ३७ जना सकलदर्जालाई २०८३ जेठ २८ गते आज एक विशेष समारोहका बीच सुशोभित गरिएको छ। उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवम् उत्कृष्ट कार्यकुशलताका साथ आफ्नो कार्य सम्पादन गर्ने ती सैनिकहरूलाई प्रधानसेनापति अशोकराज सिग्देलले ‘प्रधानसेनापति प्रशंसा निशान’ र कदर पत्र प्रदान गर्नुभएको हो।
जङ्गी अड्डामा आयोजित यस विशेष कार्यक्रममा संवेदनशील र चुनौतीपूर्ण अवस्थामा समेत संयमपूर्वक परिस्थितिको सही मूल्याङ्कन गर्दै, सैनिक मूल्य मान्यतालाई आत्मसात् गरी प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले पूरा गर्ने राष्ट्रसेवक सैनिकहरूको कदर स्वरूप यो सम्मान प्रदान गरिएको सेनाले जनाएको छ।
उक्त सुशोभन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्