राजधानीको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ३ जना विद्यार्थीको मृत्यु भएको छ भने ४० जना घाइते छन् ।
चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार बस बुधबार दिउँसो नगरकोटबाट काठमाडौंतर्फ आउने क्रममा कात्तिकेनजिकै दुर्घटनामा परेको थियो । प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार उपचारका क्रममा ३ जना विद्यार्थीको मृत्यु भएको हो ।
मोरङको उर्लाबारी– ७ का ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी–७ का २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोकका १४ वर्षीया शुशांका डोटेल को मृत्यु भएको हो । यो दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइतेहरूको राजधानीका अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्