Advertisement GIF
जेष्ठ २८ बिहीबार, ९:१३ अपराह्न

नेपाल र भारतबीच केही मुद्दाहरू छन् जसले कहिलेकाहीँ द्विपक्षीय सम्बन्धमा तित्तता पैदा गरेका छन्। यद्यपि, दुवै देश यी मुद्दाहरूलाई व्यवस्थापन गर्न र सम्बन्धलाई अगाडि बढाउन सक्षम भएका छन्। नजिकका छिमेकीका रूपमाकेही मुद्दाहरूमा मतभेद भए तापनि आफ्नो सम्बन्धलाई व्यवस्थापन गर्नुको उनीहरूसँग विकल्प छैन। नेपाल र भारत दुई छुट्टाछुट्टै र स्वतन्त्र देश हुन्। तर, परराष्ट्रमन्त्री खनालका अनुसार यी दुई देश ‘एउटै नदी, एउटै हिमाल र एउटै प्राचीन ज्ञानका सन्तानु हुन्’।

त्यसैगरी रास्वपा सभापति लामिछानेले “नेपाल केवल एउटा देश मात्र होइन, बरु हिमाली सभ्यताको एउटा ठूलो अंशियार ९स्टेकहोल्डर० हो”भनेका छन। नेपाल र भारत निश्चित रूपमा साझा हिमाली सभ्यताका समान हकदार हुन तर राष्ट्रका रूपमा उनीहरूको छुट्टै पहिचान छ। नेपाल दक्षिण एसियाकै सबैभन्दा पुरानो स्वतन्त्र देश हो, किनकि बाँकी दक्षिण एसिया बेलायती उपनिवेश हुँदा पनि नेपालले आफ्नो स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गरेको थियो।

-युवनाथ लम्साल

नेपाल र भारत दुवै देश र जनताको बृहत्तर हितका लागि आफ्नो द्विपक्षीय सम्बन्धलाई पुनर्संरचना ९रिसेट० गर्न र यसको स्तरलाई माथि उठाउन गम्भीर देखिएका छन्। विशेष गरी नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि यो प्रक्रियाले गति लिएको छ। भारतीय पक्ष पनि नेपालको नयाँ सरकार र सत्तारुढराष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सँगसहयोग र सहकार्यबढाउन बढी इच्छुकदेखिएको छ।

फाल्गुण २१ को संसदीय निर्वाचनको नतिजा घोषणा भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका दुवै नेता– सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई फोन गरेर उनीहरूको सानदार चुनावी विजयका लागि बधाई दिँदै नेपाल र भारत दुवैको साझा हितका लागि सहकार्यगर्ने इच्छा व्यक्त गरेका थिए। मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणको निमन्त्रणा समेत दिएका छन्।तर प्रधानमन्त्री बालेन्द्र शाहले घरेलु मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने र परिणाममुखी नतिजा दिने भन्दै एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताएका छन्। यद्यपि, प्रधानमन्त्री शाहले उपयुक्त समयमा भारतको भ्रमण गर्ने अपेक्षा गरिएको छ।

भनिन्छ,‘साथी रोज्न सकिन्छ तर छिमेकी रोज्न सकिँदैन। त्यसैले, छिमेकीसँगको सम्बन्धलाई सोही अनुसार समायोजन र व्यवस्थापनगर्नुपर्छ, चाहे त्यो व्यक्तिगत स्तरमा होस् या देशहरूकोबीच। छिमेकी जहिले पनि आफ्नै घरको ढोका नजिक हुन्छर दुवै देशको शान्ति र समृद्धिका लागि उ संग राम्रो र सहयोगपूर्ण सम्बन्ध राख्नुपर्छ। छिमेकीहरूबीच अक्सर समस्याहरू हुन्छन् र सँगसँगै उनीहरूसँग पारस्परिक लाभको लागि साझेदारी गर्ने अवसरहरू पनि प्रसस्त हुन्छन। त्यस्ता अवसरहरूलाई पहिल्याउन र साझा लाभका लागि उपयोग गर्न आवश्यक हुन्छ।जबकि छिमेकीहरू बीच कुनै पनि समस्या र मुद्दाहरूलाई कूटनीतिक कौशलतामार्फत सुल्झाइन्छ।असल छिमेकी र सौहार्दपूर्ण सम्बन्ध निर्माण र विकास गर्ने त्यो नै उपयुक्त विधि हो।

नजिकका छिमेकी भएकाले नेपाल र भारतबीच समस्या र अवसर दुवै छन। नेपाल र भारतबीच १८०० किलोमिटरभन्दा बढी साझा सिमाना छ र उनीहरूबीच धेरै समानताहरू छन्। नेपाल–भारत सम्बन्ध यति अद्वितीय र बहुआयामिक छ किनेपाल र भारतबीच को सम्बन्ध लाई विश्वका अन्य कुनै दुई देशहरूबीचको सम्बन्धसँग तुलना गर्न सकिँदैन। यसरीनेपाल र भारत बहुआयामिक क्षेत्रमा सहयोग र सहकार्य गर्दै आपसी हित सुनिश्चित गर्न अभिशप्त छन्। दुवै देशका नेताहरू यो तथ्यलाई महसुस गरेका छन । तर राजनीतिले कहिलेकाहीँ मूर्खतापूर्ण भूमिका खेल्छ र यी दुई सबैभन्दा नजिकका छिमेकीहरूबीचको सम्बन्धलाई जटिल बनाउने काम गर्छ। दुवै देशका जनताको बृहत्तर हित र लाभका लागि नेपाल र भारतबीच घनिष्ठ सहयोग अपरिहार्य छ। यसका लागि दुई देश बिच सरकार, राजनीतिक दल, नागरिक समाज, व्यवसायी र जन स्तरलगायत सबै तहमा थप सहयोग र सहकार्य को आवश्यकता छ।

विगत एक हप्तामा यी दुई नजिकका छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउने प्रयासस्वरूप यस क्षेत्रमा सकारात्मक विकासदेखिएका छन्। रास्वपा सभापति लामिछानेले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा० का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारतको भ्रमण गरे। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र वरिष्ठ भाजपा नेता तथा अधिकारीहरूसहितका शक्तिशाली भारतीय व्यक्तित्वहरूसँग भेटघाट र दुई देशबीचको सम्बन्धका विविध विषयहरूमा छलफल गरे। लामिछानेको भ्रमणलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालले आफ्ना भारतीय समकक्षी एसजयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमण गरे। नयाँ दिल्लीमा परराष्ट्रमन्त्री खनालले पनि आफ्ना भारतीय समकक्षीसँग विभिन्न मुद्दा र चासोका विषयहरूमा विस्तृत छलफल गरे।

बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि भारतसँगको कूटनीतिक भेट्घाट र संवाद बढेको छ। कूटनीतिक भेट्घाट, संवादर भ्रमणको आदानप्रदानले दुई देशबीचको विश्वास र भरोसाको स्तर बढाउन योगदान पुर्यारउँछ। भारतले पनि नयाँ सरकारलाई महत्त्व दिएको देखिन्छ र नेपालसँग विस्तारित कूटनीतिक संवाद र सहकार्य चाहन्छ। लामिछाने र खनालको भ्रमणसाथै नयाँ दिल्लीमा उनीहरूलाई गरिएको स्वागत, भारतले नेपालको नयाँ सरकारलाई दिएको उच्च महत्त्वको प्रकटीकरण हो। लामिछानेलाई भारतमा उच्च स्तरीय स्वागत गरियो, जुन हालको इतिहासमा अन्य कुनै पनि नेपाली नेताले पाएका छैनन्। यी घटनाक्रमले दुवै देशमा सकारात्मक तरङ्ग पैदा गरेको छ।

नयाँ रास्वपा सरकारले पनि आर्थिक र विकास कूटनीतिमा केन्द्रित हुँदै अधिकतम लाभ लिनका लागि छिमेकी र अन्य विकास साझेदारहरूसँगको सम्बन्ध र संलग्नतालाई महत्त्व दिएको छ। निर्वाचन घोषणापत्रमा रास्वपाले आर्थिक र विकास कूटनीतिमा जोड दिने स्पष्ट उल्लेख गरेको थियो।

लामिछाने र खनाल दुवैले रास्वपाले भारतसँगको सम्बन्धका सन्दर्भमा पुरानो बोझ “विगतका गल्ती को भारी” नबोक्ने बताएका छन्। रास्वपा एउटा नयाँ पार्टी हो र विगतमा गरिएका कुनै पनि कार्यका लागि यो पक्कै पनि जिम्मेवार छैन। तर यसले यो तथ्यलाई ध्यानमा राख्नुपर्छ कि सबै सरकारहरू अघिल्ला सरकारहरूको निरन्तरता र उत्तराधिकारी हुन्। यसले अन्य दलहरूलाई मात्र दोष दिएर आफ्नो जिम्मेवारीबाट उम्कन सक्दैन, बरु अघिल्ला सरकारहरूले चालेका राम्रा र सकारात्मक कदमहरूलाई निरन्तरता दिँदै कमजोरी र त्रुटिहरूलाई सच्याउनुपर्छ।

नेपाल र भारतबीच केही मुद्दाहरू छन् जसले कहिलेकाहीँ द्विपक्षीय सम्बन्धमा तित्तता पैदा गरेका छन्। यद्यपि, दुवै देश यी मुद्दाहरूलाई व्यवस्थापन गर्न र सम्बन्धलाई अगाडि बढाउन सक्षम भएका छन्। नजिकका छिमेकीका रूपमाकेही मुद्दाहरूमा मतभेद भए तापनि आफ्नो सम्बन्धलाई व्यवस्थापन गर्नुको उनीहरूसँग विकल्प छैन। नेपाल र भारत दुई छुट्टाछुट्टै र स्वतन्त्र देश हुन्। तर, परराष्ट्रमन्त्री खनालका अनुसार यी दुई देश ‘एउटै नदी, एउटै हिमाल र एउटै प्राचीन ज्ञानका सन्तानु हुन्’।

त्यसैगरी रास्वपा सभापति लामिछानेले “नेपाल केवल एउटा देश मात्र होइन, बरु हिमाली सभ्यताको एउटा ठूलो अंशियार ९स्टेकहोल्डर० हो”भनेका छन। नेपाल र भारत निश्चित रूपमा साझा हिमाली सभ्यताका समान हकदार हुन तर राष्ट्रका रूपमा उनीहरूको छुट्टै पहिचान छ। नेपाल दक्षिण एसियाकै सबैभन्दा पुरानो स्वतन्त्र देश हो, किनकि बाँकी दक्षिण एसिया बेलायती उपनिवेश हुँदा पनि नेपालले आफ्नो स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गरेको थियो।

लामिछानेको विचारमा दलहरूको आफ्नै परराष्ट्र नीति हुँदैन र राज्यको मात्र परराष्ट्र नीति हुन्छ, जुन पूर्ण रूपमा सत्य हो। दलहरूको भूमिका राज्यको परराष्ट्र नीति कार्यान्वयन गर्न सहयोग गर्नु हो। त्यसैगरी, भारतप्रति रास्वपाको नीतिका सम्बन्धमा परराष्ट्रमन्त्री खनालले भन्छन “हामी भारतलाई २० औँ शताब्दीको भूराजनीतिको विकृत र अतिसंवेदनशील लेन्सबाट हेर्न अस्वीकार गर्छौँ र यसको सट्टा नेपाल भारत सम्बन्धको सम्पूर्ण शब्दावलीलाई भूराजनीतिक टकरावबाट टाढा राखेर विकास कूटनीतिमा केन्द्रित गर्न चाहन्छौँ “। रास्वपा विकास कूटनीतिमा केन्द्रित हुँदै नेपाल भारत सम्बन्धलाई नयाँ स्वरूप र दिशा दिन गम्भीर देखिएको अवस्थामा, यो सरकार कत्तिको सफल हुन्छ भन्ने कुरा त समयले नै बताउनेछ। आशा गरौँ, नयाँ सरकारले कूटनीतिक सुस्तताको पुरानो विरासतबाट बाहिर निस्केर सक्रिय कूटनीतिमार्फत नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याीउन एउटा नयाँ युगको सुरुवात गर्नेछ।

(लेखक द राइजिङ नेपालका पूर्व प्रधानसम्पादक र पूर्व राजदूत हुनुहुन्छ।)