भारतीय सेनाको आयोजनामा संचालन हुने १३ औं ड्युरान्ड कप फुटबल प्रतियोगितामा भाग लिन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीहरु शनिबार (आज) भारततर्फ प्रस्थान गरेका छन् । यो भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो। यो एशियाकै एकदमै पुरानो फुटबल प्रतियोगिता हो। यो प्रतियोगिता इन्डियन आर्मीको आयोजनामा भारतमा नियमित रूपमा हुने गरिरहेको छ ।
यही साउन ७ गतेदेखि आगामी भदौं ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतको ए लेभलका क्लव र भारतीय सेनासित प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई सैनिक तालिम महानिर्देशक उपरथी ध्रुवप्रकाश शाहले जङ्गी अड्डामा एक कार्यक्रमका बीच विदाई गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्