Advertisement GIF
ड्युरान्ड कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लव भारत प्रस्थान

भारतीय सेनाको आयोजनामा संचालन हुने १३ औं ड्युरान्ड कप फुटबल प्रतियोगितामा भाग लिन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीहरु शनिबार (आज) भारततर्फ प्रस्थान गरेका छन् । यो भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो। यो एशियाकै एकदमै पुरानो फुटबल प्रतियोगिता हो। यो प्रतियोगिता इन्डियन आर्मीको आयोजनामा भारतमा नियमित रूपमा हुने गरिरहेको छ ।

यही साउन ७ गतेदेखि आगामी भदौं ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतको ए लेभलका क्लव र भारतीय सेनासित प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई सैनिक तालिम महानिर्देशक उपरथी ध्रुवप्रकाश शाहले जङ्गी अड्‍डामा एक कार्यक्रमका बीच विदाई गर्नु भयो ।