कला र संगीतमा रुची राख्ने युवराज राईले फरक स्वादको साकेला जाऔं र निष्ठुरी नभन्नु, बोलका गीत ल्याएका छन् ।
संखुवासभाको सभापोरी– ६ का राई पत्रकारिता र सामाजिक काममा पनि सक्रिय छन् । उनले पहिलो पटक साकेलालाई माया र प्रेमबाट अलिकति टाढा राखेर नयाँ स्वादमा जातीय पहिचान र संस्कृति पस्कने कोशिस गरेका छन् । ‘राई जाति, बहुभाषी, किराँत लिपि, किराँत नै हो धर्म, प्रकृति र बाली पूजा चिनारी हो हाम्रो’ यो युवराजकै शब्दमा निर्माण भएको म्युजिक भिडियो हो । राजधानीमा छायाङ्कन गरिएको यो गीत राजेशपायल राई र मेलिना राईले गाएका हुन् भने दखिन राईको संगीत रहेको छ ।
यो भिडियोमा जोन राई र मनिषा राईले अभियन गरेका छन् । भिडियोलाई डिजे मेवाहाङको निर्देशन छ । युट्युव च्यानलमा करिव २ लाख भ्युज यो भिडियोले पाइसकेको छ । https://youtu.be/oB-skzWDNTo?si=oEnzCzq58QqZ3Wgm यो साइटबाट गीत हेर्न सकिन्छ ।
युवराजले नै अर्काे निष्ठुरी नभन्नु बोलको गीतमा लगानी गरेका छन् । दखिन राईको शब्द र संगीतमा गीतलाई राजेशपायल राईले श्वर दिएका छन् । यो गीत भने स्टुडियो भिडियोमात्र हो ।
२०८१ को उत्कृष्ठ एवार्ड पाउन सफल चर्चित गायक परेस राई र गत वर्ष गुगलमा अधिक खोजीको सूचीमा नम्बर एक आउन सफल गायिका रचना रिमालले गाएको ‘डान्सिङ नम्बर’ पल्सर बाइक छ र ? बोलको गीत पनि तत्कालै बजारमा आउने भएको छ । शव्द र निर्माण युवराज राईकै हो।
प्रतिक्रिया दिनुहोस्