Advertisement GIF
कल्पवृक्ष
श्रावण २२ बिहीबार, ६:१७ अपराह्न
नेता किन पाउको तलुवा परेझैं [गजल]

भ्यागुत्ताका भागमा कुवा परेझैं
भाग्य पर्छ कसैलाई जुवा परेझैं ।।१।।

युद्धभूमिभित्र आणविकका सामू
आफ्नो हातमा बन्दुक भरुवा परेझैं ।।२।।

हाम्रो शान विश्वको टाउको माथि छ
नेता किन पाउको तलुवा परेझैं ।।३।।

कालापानी सुस्ता बेसहारा परे
पति मर्दा शोकमा विधुवा परेझैं ।।४।।

वर्तमान सफरको चङ्गाचेट हुँदैछ
लक्ष गायब हुरीमा भुवा परेझैं।।५।।

–सोम सुवेदी
पाँचथर (हाल युएई)