कठिन समय
छायाँझैँ पछ्याउँदै आयो
भिडको भीडमा अनुहारहरू खोलेर
आफनै मुटुको चिरा पनि देखाइदियो ।
आशा भत्किदामात्र थाहा भयो
कसको आँखामा केवल दृष्टि
र कसको दृष्टिभित्र आँसु थियो ।
यो समय,
पराइमात्र होइन
मलाई पनि
मेरो असली रुप चिन्न बाध्य पारेर गयो ।
–रूपा पौडेल (शाम्भवी)
ललितपुर
प्रतिक्रिया दिनुहोस्