भित्र भित्रै सुराकीको खेल हुन सक्छ
यस्तै चालले मातृभूमी कार्गेल हुन सक्छ ।
नुनको सोझो गर्नेसँग सहकार्य भन्दै
नुनसँग सुन साट्ने झेल हुन सक्छ ।
स्वविवेकले घरको चाबी पराइलाई दिन्छौं,
आफनै घर पनि भोलि जेल हुन सक्छ ।
कस्ता कस्ता परिवर्तन गर्न सक्छ विज्ञान
सोच्न सके यही पानी तेल हुन सक्छ ।
सिन्दुर पोते सिक्री किनी महलतिर छिर्यौं,
त्यही सिक्री पछि तिम्रो नेल हुन सक्छ ।
-सोम सुवेदी
पाँचथर, हाल- युएई
प्रतिक्रिया दिनुहोस्