Advertisement GIF
कल्पवृक्ष
वैशाख ५ शनिबार, ८:२४ अपराह्न
१४ वर्षदेखि निरन्तर वागमति सफाइ अभियान

‘राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ अभियानले १४ वर्षदेखि निरन्तर वागमति नदीको सफाइ गरिरहेको छ । ‘हाम्रो अभियान जारी छ’ श्लोगनसहित वाग्मती सफाइ महाअभियानको आज (शनिबार) ६७५ औं शृङ्खला वाग्मती मनोहरा दोभानमा नकुहिने फाहोर करिव ५ मेट्रिकटन संकलन गरिएको यो महाअभियानमा सुरुको सातादेखि निरन्तर सक्रिय डा माला खरेलले बताउनु भयो ।

डा खरेलका अनुसार यसरी खोला र खोला किनारबाट संकलन गरिएको फोहोर काठमाडौं महानगरको टेकुस्थित वातावरण विभागमा पुर्याएर व्यवस्थापन गरिएको छ ।

यो अभियानमा अधिकार सम्पन्न वाग्मती समितीका कर्मचारी, वाग्मती सफाइका अभियेन्ता, बानेश्वर महिला वातावरण प्रालि र अन्य स्वयंसेवीहरु सहभागी भइरहेका छन् । यो अभियानमा सबै मौसम, समय र असहज दिनमा पनि अभियन्ताहरु सक्रिय भइरहेको पाइन्छ ।

‘अनेकौं गाह्रो र अप्ठ्यारा समस्या सामना गर्दा पनि हाम्रो उद्देश्य अझै पूरा हुन सकेको छैन, हाम्रो आत्मबल र प्रतिबद्धता अझै बलियो छ। हामी निराश छैनौं, हामी अझै निरन्तर लागिरहने छौँ, जबसम्म लक्ष्य हासिल हुँदैन।’– निरन्तर अभियानमा सक्रिय डा खरेलले कल्पवृक्षसित भन्नु भयो ।